फिफा विश्वकप अन्तर्गत आइतबार भएको राउण्ड अफ १६ मा फ्रान्सले पोल्याण्डलाई पराजित गरेको छ ।
फ्रान्सले पोल्याण्डलाई ३-१ गोलले पराजित गरेको हो ।
खेलको ४४औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो ।
जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।
त्यस्तै एम्बाप्पेले खेलको ७४ औं मिनेटमा गोल गर्दै २-० बनाए ।
खेलको इन्जुरी समयमा फेरि एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ३-० को फराकिलो अग्रता दिलाए ।
त्यस्तै, खेलको अन्तिम मिनेटमा पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै सान्त्वना गोल गरे र खेल ३-१ मा टुंगियो ।
जितसंगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोल्याण्ड विश्व कपबाट बाहिरिएको छ ।