बायर्न म्युनिखका सीईओ कार्ल-हेन्ज रुम्मेनिगेले दावी गरेका छन कि पूर्व कोच पेप गार्डियोलाले स्टार गोलकीपर म्यानुअल न्युएरलाई मिडफील्डमा खेलाउन चाहेका थिए।
अहिले म्यानचेस्टर सिटीमा रहेका गार्डियोलाले जर्मन अन्तर्राष्ट्रिय कीपरलाई बुन्डेसलिगाको एक खेलका मिडफिल्डरको रूपमा खेलाउन चाहेको खबर छ।
KH Rummenigge: “After securing the league title, Pep Guardiola seriously came up with the idea of starting Manuel Neuer in midfield for a game. Only after a big effort, I could stop Pep from doing it, because it might have been interpreted as arrogance” [51] pic.twitter.com/2SDoz6nOZg
— Bayern & Germany (@iMiaSanMia) February 4, 2020
यद्यपि, रुम्मेनिगेको विश्वास थियो कि यसले फ्यानहरू र अन्य टोलीहरूलाई बायर्नको बारे नराम्रो सन्देश दिन सक्छ र बायर्नको छविमा अव्यवसायिकको दाग लग्न सक्छ।
“लीगको उपाधि सुरक्षित गरेपछि, पेप गार्डियोलाले खेलको लागि मिडफील्डमा म्यानुअल न्युएरलाई सुरु गर्ने विचारलाई गम्भीरताका साथ लिए,” निखका सीईओ कार्ल-हेन्जले भने।
Pep Guardiola was keen to play goalkeeper Manuel Neuer in midfield while at Bayern Munich, reveals CEO Karl-Heinz Rummenigge https://t.co/RJdDeVX0sM
— MailOnline Sport (@MailSport) February 4, 2020
“ठूलो प्रयास पछि मात्र, मैल पेपलाई यो गर्नबाट रोक्न सके, किनकि अरुले यो घमण्डको रूपमा लिन सक्ने कुरा हो।
“यद्यपि म विश्वस्त छु कि न्युएरले मिडफील्डमा पनि राम्रो प्रदर्शन गर्ने थिए । यो चाखलाग्दो परीक्षण हुने थियो।”