खेल्न नपाएपछि खेल सकिनु अघि नै रोनाल्डोले मैदान छाडेर हिडे पछि

इङलिस प्रेमिएर लिग अन्तर्गत बुधबार राती भएको म्यान्चेस्टर युनाइटेड र टोटेन्ह्याम बिचको खेलमा रोनाल्डोले खेल सकिनु अघि नै मैदान छाडेर हिडे ।

टोटेन्ह्यामबिरुद्ध बेन्चमा रहेको रोनाल्डो खेलको ८९ मिनेटमा नै मैदान छाडेर ड्रेसिङ रुम हिडेका थिए ।

प्रशिक्षकले वार्म अपका लागि पठाएका रोनाल्डो ८७ मिनेटमा एरिक्सन र इलाङ्गालाई मैदान प्रवेश गराउदा निकै निराश देखिन्थे । त्यसको ठिक दुई मिनेट पछि उनले खेल्ने मौका नपाउने लगभग पक्का भएपछि उनी मैदान छाडेर हिडेका थिए ।

उक्त खेलमा म्यान्चेस्टर युनाइटेडले टोटेन्ह्यामलाई २-० ले पराजित गरेको थियो । फ्रेड र फर्नान्डेसले युनाइटेडका लागि गोल गरेका थिए ।

खेल पछि पोस्ट म्याच कन्फ्रेन्सना प्रशिक्षक टेन ह्यागले भोलि रोनाल्डोसंग कुरा गर्ने पनि बताएका थिए ।