खेलको क्रममै खेलाडीले धुवा उडाएपछि

बेल्जियन लिगमा खेलाडीले बेन्चमा बसेरै भेप तानेपछि खेलाडीलाई प्रतिबन्ध लागेको छ ।

बेल्जियन खेलाडी राद्जा नैङ्गोलनले बेन्चमा बसेर भेप ताने पछि उनलाई क्लबले प्रतिबन्ध लगाएको हो ।

३४ वर्षिय मिड्फिल्डरले बेल्जियमको शीर्ष डिभिजन लिगको स्ट्यान्डड लिगबिरुद्ध आइतबार भएको खेलको क्रममा उक्त हर्कत गरेको थियो ।

इटालियन क्लब इन्टर मिलान, रोमा जस्ता क्लबबाट खेलिसकेका उनले बेल्जियम राष्ट्रिय टोलिका लागि ३० क्याप समेत जितेका छन् ।

यो पहिलो पटक उनले यस्तो कान्ड गरेको भने होइन । २०१८ मा पनि उनले इटालिमा हुँदा अल्कोहोल र चुरोट खादै इन्स्टाग्राममा लाइभ आएको थियो ।

उनी हाल एन्ट्वर्प एफसीबाट फुटबल खेल्दै आइरहेका छन् ।