खराब आर्थिक अवस्था बाबजुद १९ खेलाडीहरूमा बार्सिलोनाको निगरानी 

ला लिगा क्लब बार्सिलोना केही समय देखि खराब आर्थिक अवस्थामा रहेको छ तर पनि बार्सा ट्रान्सफर विन्डोमा सक्रिय रहेको छ भने जनवरीको ट्रान्सफर विन्डोमा थप खेलाडी साइन गर्ने बार्साको योजना रहेको र १९ खेलाडीहरूमा बार्साको निगरानी रहेको रिपोर्ट छ।

क्याटालान क्लबले २०१९ पछि ला लिगा जितेको छैन र हाल यस सिजन आफ्नो चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड भन्दा तीन अङ्कले बार्सा पछि रहेको छ तर पनि क्लबका अध्यक्ष जोन लापोर्टाको समर्थन जाभीलाई रहेको छ जसले गत ट्रान्सफर विन्डोमा ५ नयाँ खेलाडीहरू साइन गरेका थिए।

हाल स्पेनिस प्रकाशन स्पोर्टले दावी गरेको छ कि बार्सिलोनाले केही महिनामा खुल्ने ट्रान्सफर विन्डोमा कम्तीमा दुई नयाँ खेलाडीहरू साइन गर्ने योजना बनाएको छ र बार्साले आफ्नो निगरानीमा १९ खेलाडीहरू सम्म राख्दै गरेको खुलेको छ।

बार्साको १९ खेलाडीहरूको सुचीमा रहेको सबै खेलाडीहरूको नाम भने खुलेको छैन तर रिपोर्ट अनुसार म्यानचेस्टर युनाइटेडका फुल ब्याक डियोगो डालोट, चेल्सीको जोडी जोर्गिन्हो र एन’गोलो कान्टे साथै लिभरपुल मिडफिल्डर फाबिन्हो सो सुचीमा छन्।

प्रिमियर लिगमा खेल्दै गरेका विल्फ्रेड एनडिडी, जेम्स वार्ड-प्रोज र रोड्रि पनि बार्साको उक्त सुचीमा हुने भनेर रिपोर्ट गरिएको छ।

गत ट्रान्सफर विन्डो बार्साले लेवान्डोस्की, राफिन्हा र कौंडे जस्ता खेलाडीहरू भित्राएको थियो तर पनि बार्सा युरोपा लिगमा झरेको छ भने आउँदो ट्रान्सफर विन्डोमा बार्साले थप खेलाडी साइन गर्ने सङ्केत दिएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ