‘क्लोप्पलाई ४ वर्ष लाग्यो’ – म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायरद्वारा धैर्यताको अपेक्षा

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सायरले क्लब पुर्ननिर्माणको प्रक्रियामा रहेको र लिभरपुललाई उदाहरण मान्दै धैर्य रहन आग्रत गरेका छन् ।

दुई लगातार हार पछि प्रशिक्षक सोलसायर चर्को आलोचित र दबाबमा परेका छन् । हाल म्यान्चेस्टर युनाइटेड शीर्ष ४ भन्दा ६ अंक पछाडि रहेको छ ।

२४ खेल पछि म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानको लिभरपुल भन्दा ३३ अंकले पछाडि रहेको छ र सोलसायर युनाइटेडको हालको फमको चाडो समाधान नभएको बनाउछन ।

जब सोलसायरलाई ट्रान्सफर विन्डोमा खेलाडीहरुमा युनाइटेडले धेरै लगानी गर्न पर्छ भन्ने प्रस्न गर्दा उनले “सबै कामको गर्ने तरिका हुन्छ”, भने ।

“पक्कै पनि अरु क्लबहरुले राम्रो गरिरहेको छ । योर्गेन क्लोप्पले लिभरपुललाई अहिले यहाँ पुर्याउन ४ वर्ष लगायो । मैले यो धेरै पटक भनेको छु कि यो समस्याको समाधान चाडो हुनेछैन ।”

“एउटै ट्रान्सफर विन्डोमा ८/१० खेलाडी ल्याएर हुने वाला छैन । हामीले मात्र एउटा उचित ट्रान्सफर विन्डो गर्मीमा पाएका छौ, यो जनवरी विन्डो निकै गाह्रो छ । तर हामीले अहिले केही गर्न खोजी रहेका छौ ।”