‘क्लब नछोडे एम्बाप्पेले नयाँ सिजनमा पिएसजीबाट एक मिनेट पनि नखेल्ने’

फ्रेन्च क्लब पिएसजीका स्टार खेलाडी एम्बाप्पेले क्लब सँग सम्झौता विस्तार नगरे पछि २०२४मा एम्बाप्पे फ्री एजेन्टको रूपमा क्लब छोड्ने सम्भावना रहेको बेला पिएसजी उनलाई नयाँ सिजनमा एक खेल पनि नखेलाउन क्लब मालिकले आदेश दिएको जानकारी छ।

२०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य भएको छ तर एम्बाप्पेको अडान यो सिजन क्लब नछोड्ने रहेको बेला उनलाई एक मिनेट पनि नखेलाउने पिएसजीको चेतावनी रहेको छ।

पिएसजीले एम्बाप्पेलाई क्लब छोड्न आग्रह गरे पनि एम्बाप्पेको योजना भने अर्को वर्ष फ्री एजेन्टमा रियल म्याड्रिडमा जाने रहेको छ। उनले क्लब नछोडे पिएसजी कठिन आर्थिक अवस्थामा पुग्ने र पिएसजीले आफ्नो अन्य खेलाडीहरू बेच्न पर्ने र आफ्नो केही कर्मचारीहरूलाई निकाल्न पर्ने पनि जानकारी छ।

एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा एक वर्ष विस्तार गर्न मिल्ने क्लज रहेको छ तर एम्बाप्पेले अचानक एक पत्र लेख्दै सो सम्झौतामा विस्तार नगर्ने जानकारी दिए पछि पिएसजी एम्बाप्पे सँग आक्रोशित भएको छ र उनलाई यही ट्रान्सफर विन्डो बेच्ने पिएसजीको योजना रहेको ।

एम्बाप्पे भने यस सिजन पिएसजीमै बताउँदै आएका छन् जसले पिएसजीलाई निकै गाह्रो अवस्थामा लगेको छ र सो कारण एम्बाप्पेलाई नयाँ सिजनमा क्लबमा नखेलाउने पिएसजीको योजना रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ