क्लब नछाड्ने एम्बाप्पेको अडान पिएसजी गाह्रो अवस्थामा 

फ्रेन्च क्लब पिएसजीका स्टार खेलाडी एम्बाप्पे आफ्नो सम्झौता विस्तार नगर्ने भए पछि पिएसजीले उनलाई यही ट्रान्सफर विन्डो बेच्ने योजना बनाएको छ तर एम्बाप्पेले यस ट्रान्सफर विन्डो क्लब नछोड्ने आफ्नो अडान राखे पछि पिएसजी निकै गाह्रो अवस्थामा फसेको छ।

रिपोर्ट अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य भएको छ अन्यथा अर्को वर्ष उनलाई पिएसजीले फ्रीएजेन्टको रूपमा गुमाउने छ र उनलाई फ्रीएजेन्टको रूपमा गुमाउन अनिच्छुक रहेको पिएसजीले उनको सामु दुई विकल्प पेश गरेको थियो।

सम्झौता विस्तार नगरे पिएसजीले उनलाई क्लब छोड्न आग्रह गर्दै गर्दा एम्बाप्पेले प्रेस बैठक गर्दै आफ्नो निर्णय वारे बोलेका छन् र यस ट्रान्सफर विन्डो क्लब नछोड्ने उनले आफ्नो योजना एम्बाप्पेले स्पष्ट गरे।

“मैले आफ्नो निर्णय वारे पत्र पठाएँ तर यो केही समय पहिलेको थियो, अन्तर्राष्ट्रिय ब्रेकको समयमा होइन।”- एम्बाप्पेले आफ्नो निर्णय वारे बोल्दै भने।

“मैले कारणहरु व्याख्या गर्न आवश्यक छैन। मसँग आफ्नै कारणहरू छन्। मेरो एक मात्र विकल्प अब पिएसजीमा रहनु हो, यो कुरा मैले पहिले नै भनेको छु।”

एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा एक वर्ष विस्तार गर्न मिल्ने क्लज रहेको छ तर एम्बाप्पेले अचानक एक पत्र लेख्दै सो सम्झौतामा विस्तार नगर्ने जानकारी दिए पछि पिएसजी एम्बाप्पे सँग आक्रोशित भएको छ र उनलाई यही ट्रान्सफर विन्डो बेच्ने पिएसजीको योजना छ।

एम्बाप्पे भने यस सिजन पिएसजीमै बताउँदै आएका छन् जसले पिएसजीलाई निकै गाह्रो अवस्थामा लगेको छ र सो कारण एम्बाप्पेलाई कि सम्झौता विस्तार गर्न कि यही ट्रान्सफर विन्डो क्लब छोड्न पिएसजीले दबाब दिएको रिपोर्ट छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ