स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियलले जिरोनासँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ७०औं मिनेटमा भिनीसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८०औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको इन्जुरी समयमा टोनी क्रुसले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो । यो क्रुसको फुटबल करियरमा पहिलो रातो कार्ड हो ।
घरेलु मैदानमा बराबरीमा रोकिएपनि रियल शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले १२ खेलमा ३२ अंक जोडेको छ भने जिरोना १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।