बार्सिलोनाले फिलिपे कौटिन्होलाई बेच्ने खबर छ।
हाल लोनमा बायर्न म्युनिखमा रहेको कौटिन्हो सिजनको अन्त्यमा बार्सामा फिर्ता आउने छन् र क्लबले उनलाई स्थायी रुपमा बेच्ने खबर छ।
Transfer rumours: Martinez, Dembele, Traore, Coutinho, Koulibaly – Chelsea linked with Inter and Lyon strikers, Barca keen to recruit Wolves winger ahead of rivals, plus more. https://t.co/tV6dXxe2YZ
— CFC News BBC Sport (@CFCnewsBBC) February 7, 2020
मुन्डो डिपोर्टिभोको अनुसार बायर्न म्युनिखले कौटिन्हो साइन गर्न €१२० मिलियनको विकल्प ट्रिगर गर्न कुनै रुचि देखाको छैन।
यसको सट्टा, बार्साले आउँदो गर्मीमा ब्राजिलक स्टारलाई बेच्न खोज्नेछ – र उनको मूल्य €९० मिलियन पुग्ने खबर छ।
अरु प्रिमियर लिग टिमले पनि उनलाई साइन गर्न सक्ने खबर छ, म्यान्चेस्टर युनाइटेडले पनि उनि माथि चासो देखाएको थियो भने लिभरपूलले पनि उनलाई फेरी साइन गर्ने सम्भावना रहेको खबर छ।
🔴 #LFC today
🔴 Liverpool have ‘broken’ City as Rafa Benitez proven right
🔴 Coutinho & Salah hybrid has arrived but Reds haven’t missed out
🔴 Klopp faces ‘dangerous’ Chelsea decisionhttps://t.co/txhlhl1dcX
— Liverpool FC News (@LivEchoLFC) February 7, 2020
बार्साले मिडफिल्डरलाई दुई वर्ष अघि लिभरपूलबाट €१४५ मिलियन शुल्कमा हस्ताक्षर गरेको थियो। इंग्ल्याण्ड फिर्ती हुने कौटिन्हो इच्छुक रहेका छन्, उनि सिजनको सुरुमा चेल्सीमा जान इच्छुक थिए तर चेल्सीको ट्रान्सफर निषेधको कारण उनि चेल्सी जान असफल भए।