कतारमा जारी फिफा विश्वकपमा बेल्जियमले जित हासिल गरेको छ ।
अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो ।
ब्याट्सुयीले खेलको ४४औं मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् ।
त्यसअधि खेलको ११औं मिनेटमा क्यानडाका अल्फन्सो डेभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।
यस जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ । बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।
हारबाट प्रतियोगिताको सुरुआत गरेको क्यानडा पुछारमा रहेको छ ।