कोरियन स्टार साइन गर्दै म्यानचेस्टर युनाइटेड

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब नापोलीका कोरियन स्टार किम मिन-जाएलाई साइन गर्ने प्रयासमा रहेको छ।

२६ वर्षीय कोरियन डिफेन्डर किम मिन-जाएको खेल इटालियन क्लब नापोलीमा निकै राम्रो रहेको छ भने उनले आफ्नो क्लबलाई यस सिजन इटालियन लिग जिताउन मद्दत गरे र च्याम्पियन्स लिगमा पनि नापोलीको प्रदर्शन प्रशंसनीय रहेको थियो।

२६ वर्षीय कोरियन डिफेन्डरको राम्रो फमको कारण धेरै क्लबहरूले उनलाई साइन गर्ने प्रयास सुरु गरेको बेला म्यानचेस्टर युनाइटेड उक्त दौडमा धेरै नजिक रहेको जानकारी छ। राम्रो प्रस्ताव आए किम मिन-जाएलाई बेच्न तयार रहेको नापोलीलाई युनाइटेडले ६० मिलियन युरोको प्रस्ताव पठाउने जानकारी छ।

स्टार डिफेन्डर किम मिन-जाए पनि प्रिमियर लिग क्लबमा खेल्ने इच्छुक रहेको खुलेको छ भने उनलाई युनाइटेडले प्रति वर्ष €७ मिलियनको तलब दिने योजना बनाएको छ।

२०२२मा मात्र इटालियन क्लब नापोलीमा आएका कोरियन खेलाडीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। हाल सम्म नापोलीको लागि ४५ खेल खेल्दै उनले २ गोल र २ असिस्ट गरेका छन् भने उनको प्रति खेल ७३ पासको तथ्याङ्क छ जसको सटीकटा ९१ प्रतिशत रहेको छ।

उनले नापोलीको साथ यो सिजन औसत १.६ ट्याकल र ३.५ क्लियरेन्स र ४.६ डुअल जितको तथ्याङ्क राखेका छन् जसको कारण युनाइटेडका कोच टेन ह्याग उनलाई भित्राउन धेरै इच्छुक रहेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ