कोन्टेका कारण केन टोटनह्याममा नै रहन इच्छुक

एजेन्सी, इङलिस क्लब टोटनह्यामका इङलिस स्टार खेलाडी ह्यारी केन नव नियुक्त प्रशिक्षक एन्टोनियो कोन्टेका कारण टोटनह्याममा नै रहन इच्छुक देखिएका छन्। ह्यारी केन २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्।

इटालियन प्रशिक्षक कोन्टे जुन २०२३ सम्मका लागि टोटनह्याममा प्रशिक्षकका रुपमा अनुबन्धित भएका हुन्।
रिपोर्टका अनुसार यसै वर्षको समर ट्रान्सफर विन्डोमा केन टोटनह्याम छाड्न इच्छुक देखिएका थिए भने म्यान्चेस्टर सिटिले पनि केन भित्र्याउन प्रस्तावहरु गरेका थिए।