“कोच बनेर पेप गार्डियोला जसरी कपाल गुमाउने मन छैन”

म्यानचेस्टर सिटीका लेजेन्द अग्वेरोले आफ्नो स्वास्थ्य समस्याको कारण फुटबलबाट संन्यास लिन परेको थियो तर उनी फुटबलमा कोचको रूपमा फर्किने वा नफर्किने भनेर उनलाई एक फ्यानले प्रश्न गर्दा अग्वेरोले निकै हास्यास्पद जवाफ दिएका छन्।

म्यानचेस्टर सिटीबाट बार्सिलोनामा आबद्ध भएको पाँच महिनापछि मात्रै स्वास्थ्य समस्याका कारण २०२१ मा अर्जेन्टिनाका स्टार स्ट्राइकरले कोचको रूपमा फुटबलमा फर्किने वा नफर्किने भनेर प्रश्न गर्दा उनले कोच हुन गाह्रो भएको र म्यान सिटीका कोच पेप गार्डियोला जस्तो आफूले पनि कपाल गुमाउन सक्ने भनेर मजाक गरे।

“प्रशिक्षक बन्न सजिलो छैन … तपाई पेपलाई हेर्नुहोस्, उनी धेरै सोच्न कारण उनले आफ्नो कपाल गुमाएका छन्।”- अग्वेरोले मजाक गर्दै भने।

३४ वर्षीया स्ट्राइकरले पाँच वर्ष स्पेनिश प्रबन्धकको अधीनमा बिताएका थिए र त्यस समयमा दुई बिचको सम्बन्ध निकै राम्रो रहेको छ र दुई ले सिटीमा धेरै उपाधिहरू पनि जिते।

सिटीमा अग्वेरोले आफ्नो समयमा, ३९० खेल खेल्दै २६० गोल गर्दै सिटीको सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए।

स्वास्थ्य समस्याको कारण अग्वेरोले फुटबलबाट संन्यास लिसकेका छन् र आफू खेलाडीको रूपमा फर्किने कुनै सम्भावना नरहेको उनले बताए पछि कोचको रूपमा उनी फुटबलमा फर्किने फ्यानहरू आसा रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ