किरण सम्मेलित पञ्जाबले आइजवललाई हरायो

पञ्जाब । भारतमा जारी आई लिग फुटबलमा नेपाली फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउन्ड ग्लास पञ्जाब एफसीले तेस्रो जित निकालेको छ । उसले तेस्रो जित निकाल्ने क्रममा गएराति भएको खेलमा आइजवल एफसीलाई २–० ले हरायो । पञ्जाब एफसीको जितमा स्लोभाकियाका लुका म्यासेन र दीपक देवरानीले एक–एक गोल गरे ।

आइजवल एफसीका लागि आर लालथानमावियाले एक गोल फर्काए । खेलमा पञ्जाबले १६ औं मिनेटमा लुका म्यासेन गोलबाट सुरुवाती अग्रता लिएको थियो । तर, उसको अग्रता लामो समयसम्म भने टिक्न सकेन । २७ औं मिनेटमा आइजवल एफसीका आर लालथानमावियाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७८ औं मिनेटमा दीपक देवरानीले गोल गर्दै पञ्जाबलाई २–१ को रोमाञ्चक जित दिलाए ।

जारी लिगमा पञ्जाबले ४ म्याच खेल्दा एक खेल मात्र बराबरी खेलेको छ । उसले बाँकी तीन खेलमा जित हात पारेको छ । पञ्जाबको चार खेलमा किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

पञ्जाब १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । जारी आइ लिगमा १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । किरणआवद्ध पञ्जाबले आफ्नो पाँचौं खेल ८ डिसेम्बरमा खेल्ने तालिका छ ।