किन रोनाल्डो कोरियन खेलाडी सँग रिसाए

गत शुक्रवार राति पोर्चुगल, दक्षिण कोरिया सँग २-१ले हारेको थियो भने उक्त खेलमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो ६५औँ मिनेटमा सब्सीट्यूट भएका थिए र सो क्रममा उनी केही आक्रोशित देखिन्थे र धेरैले रोनाल्डो आफ्नो कोच सँग रिसाएको सोचेका थिए तर रोनाल्डो कोरियाका खेलाडी चो गुए-सोङ्ग सँग रिसाएको खुलेको छ।

खेल १-१को बराबरीमा हुँदा पोर्चुगलका कोच फर्नान्डो सान्तोसले रोनाल्डोलाई सब्सीट्यूट गरेका थिए भने मैदान छोड्ने क्रममा कोरियाका खेलाडीले रोनाल्डोको अपमान गर्दै छिटो मैदान छोड्न आग्रह गरे पछि रोनाल्डो कोरियन खेलाडी सँग रिसाएको कोच फर्नान्डो सान्तोस खुलाए।

“कोरियाका खेलाडीले रोनाल्डोलाई अपमान गर्दै उनलाई मैदान छोड्न आग्रह गरे त्यही कारण उनी रिसाए, यो सबैले देखेका छन्।”- पोर्चुगलका कोच फर्नान्डो सान्तोसले बताए l

“मैले कोरियन खेलाडीसँग रोनाल्डोको अन्तरक्रिया देखेको थिए र मलाई यसमा कुनै शङ्का छैन र यदि तपाईँले फोटोहरू देख्नुभयो भने पेपे पनि कोरियाका उक्त खेलाडीतर्फ गएको देख्नुहुन्छ।

“उनी आक्रामक थिएनन्, उनी केवल मौखिक रूपमा आक्रामक थिए, उनी क्रिस्टियानोसँग अङ्ग्रेजीमा बोल्दै थिए।

सो वारे रोनाल्डो आफैले पनि बोले भने कोरियाका उक्त खेलाडी प्रति आफ्नो असन्तुष्टि देखाउँदै रोनाल्डोले बोले।

“मेरो सब्सीट्यूट अघि के भयो भने, दक्षिण कोरियाका खेलाडीले मलाई तुरुन्तै बाहिर निस्कन भने। मैले उनलाई चुप लाग्न भनेँ किनकि उनीसँग त्यो अधिकार छैन। मेरो [कोचसँग] कुनै असहमति थिएन।”- रोनाल्डोले बताए।

एजुकेसन सिटी स्टेडियममा भएको उक्त खेलमा पोर्चुगल भने २-१ गोलले पराजित भएको थियो खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २७औँ मिनेटमा किम योङ जीओनले रोनाल्डोको गल्तीको सदुपयोग गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए । यस जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ