किन पक्राऊ परे बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्हो?

बार्सिलोनाका पूर्व स्टार ब्राजेलियन चर्चित पुर्वफुटबलर रोनाल्डिन्हो पराग्वेमा पक्राउ परेका छन् । गोल डट कमको अनुसार यात्राका क्रममा नक्कली कागजपत्र बोकेको आरोपमा पक्राउ उनी परेका हुन् ।

पाराग्वेको आन्तरिक मन्त्रालयको अनुसार ३९ वर्षिय रोनाल्डिन्होलाई उनका भाईसँगै बुधबार राति स्थानीय रिसोर्ट याच एण्ड गल्फ परागुवोबाट पक्राउ गरिएकाे हाे ।

गोल डट कमको अनुसार उनीहरु क्यासिनोका मालिक नेल्सन बेलोट्टीलेकाे निमन्त्रणमा पराग्वेमा पुगेका थिए । उनीहरुलाई पराग्वेको नागरिक भएको पासपोर्ट देखाएर होटलमा बसेको आरोप लगाइएको छ ।

रोनाल्डिन्होले हाल ब्राजिलियन पासपोर्ट प्रयोग गर्न पाउदैनन् । उनले २०१८ मा वातावारणसम्बन्धि जरिवाना पाएका कारण उनको पासपोर्ट हाल रद्ध रहेको छ ।

ब्राजिललाई २००२ को विश्वकप जिताउन भूमिका खेलेका रोनाल्डिन्होलाई ब्राजिलले गत सेप्टेम्बरमा पर्यटनको दुत समेत बनाएको थियो ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ