कार्लो एन्सेलोटी ब्राजिलको नयाँ कोच बन्न सक्ने 

ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिए सँगै ब्राजिल नयाँ कोचको खोजीमा रहेको छ भने रियल म्याड्रिडका प्रबन्धक कार्लो एन्सेलोटी नियुक्त ब्राजिल इच्छुक रहेको जानकारी छ।

२०२२ फिफा विश्व कपको क्वाटर फाइनलमा ब्राजिल क्रोएसिया सँग पेनाल्टीमा हार्दै नक-आउट भए पछि टिटेले आफ्नो पदबाट राजीनामा दिएका थिए भने ब्राजिल कार्लो एन्सेलोटीलाई भित्राउने योजनामा रहेको  बेला एन्सेलोटी पनि ब्राजिल राष्ट्रिय टिमको कोच बन्न इच्छुक हुने जानकारी छ।

रिपोर्ट अनुसार कार्लो एन्सेलोटी २०२३को जुनमा ब्राजिलको प्रस्ताव स्वीकार गर्ने योजनामा छन् र यो सिजन पछि उनले रियल म्याड्रिड छोड्ने छन्। २०१५मा पनि रियल छोडेका कार्लो २०२१मा फेरी रियल फर्केका थिए र सो सिजन कार्लोले रियल सँग च्याम्पियन्स लिग र स्पेनिस लिग उपाधि जितेका थिए।

 

ब्राजिलले टिटेलाई २०१६को जुनमा मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो। जारी विश्व कपको क्वाटर फाइनलमा ब्राजिल क्रोएसिया सँग पेनाल्टीमा हार्दै नक-आउट भए पछि प्रशिक्षक टिटेले पदबाट राजीनामा दिने निर्णय लिएका थिए।

जारी विश्व कपमा नकआउट भए पछि पदत्याग गर्ने उनी एक मात्र प्रशिक्षक होइन। बेल्जियमका मार्टिनेज, स्पेनका लुइस एनरिके र नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भ्यान गालले पनि पदत्याग गरेका थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ