काभानी बोकामा अनुबन्धित

पुर्व म्यान्चेस्टर युनाइटेड तथा पिएसजीका स्ट्राइकर इडिन्सन काभानी अर्जेन्टिनाको क्लब बोका जुनियरमा अनुबन्धित हुने भएको छ ।

गत सिजन म्यान्चेस्टर युनाइटेडबाट स्पेनिस क्लब भ्यलेन्सिया गएका उनले एक वर्षको सम्झौता बाकी हुँदा नै सम्झौता रद्द गर्दै अर्जेन्टिना तर्फ लाग्ने भएका हुन् ।

उनले बोकासंग २०२४ को डिसेम्बरसम्म सम्झौता गर्नेछन् ।