कतार विरुद्ध गोल गर्ने खेलाडी सँग कतारी क्लबले सम्झौता खारेज गरेको आरोप

कतारी क्लब कतार एससीले फिफा अरब कपमा कतार विरुद्ध गोल गर्दै कतारलाई प्रतियोगिताबाट नकआउट गराउने अल्जेरियन खेलाडी सँग सम्झौता खारेज गरेको गरेको आरोप लागेको छ र हाल सो बारे धेरै चर्चा हुँदै गरेको छ।

अल्जेरियाले टुनिसियालाई हराउँदै फिफा अरब कप २०२१ को उपाधि उचाल्न सफल भएको थियो भने सेमी फाइनलमा अल्जेरियाले कतारको सामना गरेको थियो उक्त सेमी फाइनलमा युसेफ बेलाइलीले खेल १-१को स्कोरमा रहेको बेला अन्तिम समयमा गोल गर्दै अल्जेरियालाई जित दिलाउन मद्दत गरेका थिए।

अतिरिक्त समयको पनि अन्तिम तिर गोल गर्दै युसेफ बेलाइली कतारलाई नकआउट गराए भने सो समय उनी कतारी क्लब कतार एससीका खेलाडी थिए र युसेफले उक्त गोल गरेको एक दिन पछि नै क्लबले उनी सँग सम्झौता खारेज गरेको जानकारी छ।

उक्त खेल निकै विवादास्पद भएको थियो भने खेलमा भीएआरको धेरै प्रयोग भएको थियो र हाल खेल पछि कतारी क्लबले गरेको निर्णयको धेरै आलोचना हुँदै गरेको छ । कतार एससीले भने सो आरोप अस्वीकार गरेको छ र खेलाडी आफैले सम्झौता खारेज गर्न अनुरोध गरेको र उनी अर्कै क्लबमा खेल्न इच्छुक रहेको कतार एससीको दाबी रहेको छ।

उक्त २-१को जित पछि अल्जेरिया फाइनलमा पुगेको थियो भने टुनिसियालाई हराउँदै फिफा अरब कप २०२१ पनि जितेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ