२०२२को सेप्टेम्बरमा बार्सिलोनाबाट प्रिमियर लिग क्लब चेल्सीमा आएका स्टार स्ट्राइकर पियरे-एमरिक औबामेयाङको खेल चेल्सीमा सोचे अनुरूप हुन सकेको छैन भने रिपोर्ट अनुसार क्लबमा औबामेयाङ खुसी छैनन् र उनी बार्सिलोनामा फर्किन इच्छुक रहेका छन् ।
Aubameyang can’t play for any other club than Barcelona & Chelsea due to FIFA rules. 100% confirmed. 🔵🔴 #FCB
Been told Barça would love the idea to bring Auba back… but only if it’s 100% free transfer, different salary terms and only if Memphis Depay leaves (Atléti want him). pic.twitter.com/6pYlbDdd8R
— Fabrizio Romano (@FabrizioRomano) January 11, 2023
२०२२को जनवरीमा औबामेयाङ आर्सनलबाट बार्सा गएका थिए तर तर सोही वर्षको सेप्टेम्बरमा उनले प्रिमियर लिगमा फर्किने निर्णय गरे तर सो निर्णय उनको लागि राम्रो हुन सकेको छैन । चेल्सीको लागि १५ खेलमा उनले केवल ३ गोल गरेका छन् भने एफ ए कपमा म्यानचेस्टर सिटी विरुद्ध ५औ मिनेटमा मैदान प्रवेश गरेका औबामेयाङलाई चेल्सीका कोच पोटरले दोस्रो हाफमा फेरी सब्सीट्यूट गरेका थिए।
हाल औबामेयाङ चेल्सीमा खुसी नरहेको र चेल्सी छोड्न उनी इच्छुक रहेको जानकारी छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार फिफाको नियमका कारण यो ट्रान्सफर विन्डो उनले चेल्सी वा बार्सिलोनाबाट मात्र खेल्न पाउने छन्।
🚨 Pierre-Emerick Aubameyang wants to leave Chelsea as soon as possible. He has already contacted Xavi and asked to come back to Barcelona.
Barça have contacted La Liga to find out what salary they could offer Aubameyang if Depay or Kessie leave.
(Source: @fansjavimiguel) pic.twitter.com/Fv9y0AzobO
— Transfer News Live (@DeadlineDayLive) January 11, 2023
बार्सिलोना पनि उनलाई क्लबमा फर्काउन वारे तयार हुन सक्ने तर सो निर्णय विभिन्न कारकहरूमा निर्भर हुने रिपोर्ट छ । बार्सा उनलाई फ्रीमा मात्र क्लबमा फर्काउन इच्छुक हुने र बार्साले आफ्नो स्ट्राइकर मेम्फिस डिपेलाई बेचे मात्र बार्साले औबामेयाङलाई फर्काउन प्रयास गर्ने खबर छ।
आर्सनलमा औबामेयाङ खेल निकै उत्कृष्ट रहेको थियो- आर्सनलमा १६३ खेल खेल्दै उनले ९२ गोल र २१ असिस्ट गरेका थिए तर २०२२मा आर्सनलका कोच मिकेल आर्टेटा सँग उनको सम्बन्ध खराब हुने पुगे पछि आर्सनलले उनी सँगको सम्झौता रद्द गर्दै उनलाई बार्सामा जान अनुमति दिएको थियो।