एसी मिलानको जितमा इब्राहिमोभिचको गोल

इटालियन लिग सिरी ए अन्तर्गत सनिबार भएको खेलमा एसी मिलानले काग्लियारीमाथी जित दर्ता गरेको छ ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी रह्यो भने दोस्रो हाफको सुरुवाती मिनेटमा नै एसी मिलानले अग्रता लिन सफल भयो ।

४६ औं मिनेटमा एसी मिलानका रफायल लिएओले गोल गरे ।

६४ औं मिनेटमा ज्लाटान इब्राहिमोभिचले गोल गर्दै २-० को जित दिलाएको हो ।

पछिल्लो ४ खेल जित बिहिन रहेको एसी मिलानले पराजित यात्रा अन्त्य गरेको छ ।

जितसंगै एसी मिलान ८ औं स्थानमा रहेको छ भने काग्लियारी छैठौं स्थानमा रहेको छ ।