एल्चेविरुद्ध गोल गर्दै ज्ञ्याभीले मेस्सिलाई उछिनियो

एजेन्सी । बार्सिलोनाले शनिबार राती एल्चेमाथि संघर्षपुर्ण जित निकाल्यो । बार्सिलोनाको जितमा युवा खेलाडि ज्ञ्याभीले दोश्रो गोल गर्दै जितमा सहयोग पुरायो ।

उनले एल्चेविरुद्ध गोल गरेसंगै बार्सिलोना इतिहासमा गोल गर्ने तेश्रो कान्छो खेलाडि बन्न सफल भएको छ ।

उनले गोल गर्ने क्रममा मेस्सीलाई समेत पछि पारेको ।

मेस्सिले बार्सिलोनाको लागि पहिलो गोल १७ बर्ष ३३१ दिन छदा गोल गरेका थिए ।

ज्ञ्याभीले १७ बर्ष १३५ दिनमा पहिलो गोल गर्दै क्लबका लागि तेश्रो कान्छो खेलाडि बने ।

त्यस्तै, आन्सु फाति क्लब इतिहासमा गोल गर्ने सर्वाधिक कान्छो खेलाडि रहेको छ । उसले १६ बर्ष ३०४ दिनमा गोल गरेका थिए ।

दोश्रो कान्छो खेलाडिमा बोयान रहेको छ । उनले १७ बर्ष ५३ दिनमा गोल गरेका थिए ।