एजेन्सी, कोपा डेल रे मा रियाल मड्रिडलाई पराजित गरेको सानो कम्युनिटीको टिम एल्कोएको अहिले सामाजिक संजाल निकै चर्चा भएको छ ।
भ्यालेन्सियाको एउटाँ समुदायमा रहेको यो क्लवले रियाललाई पराजित गर्ला भनेर कसैलेपनि सोचेका थिएनन् । तर उसले शिर्ष क्लवविरुद्ध आश्चार्यजनक नतिजा निकाल्दे क्वाटरफाइनलमा पुग्न सफल भयो ।
यो टिमबाट खेल्ने प्रायः सबै खेलाडीले यो खेललाई जीवनभर सम्झिने पक्का छ । एल्कोएको खेलाडीमा कुल खर्च नै सात लाख यूरोमात्र रहेको छ । जुन रियालका दुई खेलाडीले सातामा तलव खाने गर्छन ।
तर मैदानमा यो टिमले रियालको प्रभावलाई असफल बनायो । सो खेलमा हिरो भए गोलकिपर जोस युयान । ४१ बर्षे जोसको प्रदर्शनका कारण रियालका प्रशिक्षक जिनेदिन जिदानपनि आश्चार्यमा परेका थिए ।
जनवरी २०, २०२१ यो क्लवका खेलाडीमात्र होइन, पुरै टिमलाई नै सम्झनालायक भएको छ ।