म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रोनाल्डो सम्मिलित अल नासरमा

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका ब्राजिलियन डिफेन्डर एलेक्स टेलेस साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् ।

गत सिजन स्पेनिस क्लब सेभियामा लोनमा खेलेका टेलेसले म्यान्चेस्टर युनाइटेड छाड्दै साउदी क्लब अल नासरमा रोनाल्डोसंग खेल्ने भएका हुन् ।

अल नासरले टेलेस भित्र्याउन म्यान्चेस्टर युनाइटेडलाई ४ मिलियन पाउन्ड तिर्ने छ ।

३० वर्षिय लेफ्ट ब्याकले ब्राजिलका लागि १२ खेल खेलेका छन् भने म्यान्चेस्टर युनाइटेडबाट ५० खेल खेलेका छन् ।