एम्बाप्पे सँग पिएसजी आक्रोशित

फुटबल सुपरस्टार किलियन एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय गरे पछि फ्रेन्च क्लब निकै आक्रोशित बनेको जानकारी इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले जनाएका छन्।

रिपोर्ट अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य हुन सक्ने भएको छ अन्यथा अर्को वर्ष उनलाई पिएसजीले फ्रीएजेन्टमा गुमाउने छ।

एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा एक वर्ष विस्तार गर्न मिल्ने क्लज रहेको छ तर एम्बाप्पेले अचानक एक पत्र लेख्दै सो सम्झौतामा विस्तार नगर्ने जानकारी दिए पछि पिएसजी एम्बाप्पे सँग आक्रोशित भएको जानकारी छ।

हाल रिपोर्ट अनुसार क्लबमा अवस्था निकै तनावपूर्ण रहेको छ र एम्बाप्पेको निर्णयको टाइमिंगले पिएसजी आश्चर्यचकित भएको पनि रोमानोले जनाए।

एम्बाप्पेलाई अर्को वर्ष फ्रीमा गुमाउने कुराको विरुद्धमा पिएसजी रहेको जानकारी छ भने उनले क्लब छोडे उनको विकल्पको योजना पिएसजी सँग रहेको पनि जानकारी छ।

एम्बाप्पेका लागि रियल म्याड्रिडले केहि वर्षदेखि नै विशेष चासो राख्दै आएको छ । २०२१ मा रियल म्याड्रिडसँग सम्झौता हुने अन्तिम तयारीका बिच एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए ।

एम्बाप्पेको यो कदमसँगै पिएसजीले एकै समयमा लियोनेल मेसी, नेइमार र एम्बाप्पेलाई गुमाउन सक्ने देखिएको छ । नेइमारलाई पनि साउदी क्लबले भित्र्याउने प्रयास गरिरहेका छन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ