एम्बाप्पेले मेस्सी विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी भने पछि

पिएसजीले च्याम्पियन्स लिगमा क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले हराएको थियो र खेलमा मेस्सी र एम्बाप्पेले दुई दुई गोल गरेका थिए भने खेल पछि एम्बाप्पेले आफ्नो नयाँ टिम-मेट मेस्सीको प्रशंसा गरेका छन्।

पिएसजी सँग लिग वानमा मेस्सी धेरै उत्कृष्ट प्रदर्शन गर्न असफल हुँदै आएका छन् भने च्याम्पियन्स लिगमा भने मेस्सीको खेल राम्रो रहेको छ र क्लब ब्रुग्ससँगको ४-१को जित पछि एम्बाप्पेले मेस्सीलाई संसारको सबैभन्दा उत्कृष्ट खेलाडी भनेर खेल पछिको मिडिया सम्मेलनमा बताए।

“लियोनल मेस्सीसँग खेल्न सजिलो छ। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनले केही दिनअघि बालोन डि’ओर जितेका थिए।- एम्बाप्पेले खेल पछि पोस्ट म्याच अन्तर्वार्तामा बोल्दै भने।

“उहाँले आज दुई गोल गर्नुभयो, उहाँ खुसी हुनुहुन्छ, र मलाई आशा छ कि उहाँले हामीलाई भविष्यमा धेरै मद्दत गर्ने छन्।”

पीएसजीको जितमा केलियन एमबाप्पे र लियोनल मेस्सीले दुई दुई गोल गरे । ब्रुग्सका म्याट्स रिट्सले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए । सातौँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

यससँगै एमबाप्पेले च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए । ३८ औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई ३-० को अग्रता दिलाए ।

खेलको ६४ औँ मिनेटमा ब्रुग्सका रिट्सले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७६ औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै पीएसजीलाई ४-१ को जित दिलाए ।

यस जितसँगै पीएसजीले ६ खेलमा ११ अङ्क जोड्यो । पीएसजी समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ छ भने ब्रुग्स ४ अङ्क जोडेर समूहको पुछारमा रहेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ