एम्बाप्पेलाई आफूले रोक्नेमा पोल्यान्डका स्टार गोलकिपर विश्वस्त

२०२२ फिफा विश्व कप अन्तर्गत राउन्ड अफ १६मा पोल्यान्डले साबिकको विजेता र यो वर्षको पनि मुख्य दाबेदारको रूपमा रहेको फ्रान्सविरुद्ध खेल्ने छ भने सो खेल पोल्यान्डको लागि ठुलो चुनौती हुने भए पनि पोल्यान्डका गोलकिपर वोचेक सेज्ने आफ्नो फममा विश्वस्त रहेका छन्।

पोल्यान्डका स्टार गोलकिपर वोचेक सेज्ने यो विश्व कपमा उत्कृष्ट फममा रहेका छन्। ग्रुप स्टेजको खेलमा दुई पटक पेनाल्टी सेभ गरेका सेज्ने फ्रान्सका सुपरस्टार एम्बाप्पेलाई आफुले रोक्न सक्ने भनेर विश्वस्त रहेका छन् भने पोल्यान्डका लागि उक्त खेलमा आफू एक महत्त्वपूर्ण खेलाडी हुने उनको विश्वास रहेको छ।

“फ्रान्स यो विश्व कपको एक ठुलो दाबेदार हो; फ्रान्स संसारका उत्कृष्ट टोलीहरू मध्ये एक हुन् – राउन्ड अफ १६मा आफ्नो विपक्षी वारे बोल्दै सेज्नेले भने।

“तर हामी अर्को राउन्डमा पुग्ने प्रयास र प्रगति गर्न सक्दो सबै प्रयास गर्नेछौँ। हामीले फ्रान्सका महत्त्वपूर्ण खेलाडी एम्बाप्पेलाई रोक्ने मुख्य कुञ्जी? त्यो म हु।”

राउन्ड-अफ १६मा पोल्यान्डले साबिकको विजेता र यो वर्षको पनि मुख्य दाबेदारको रूपमा रहेको फ्रान्सविरुद्ध छ भने उक्त खेल नेपाली समय अनुसार आइतबार राती ८:४५मा सुरु हुने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ