आफ्नो युवा स्टार किलियन एम्बाप्पे गुमाउने खतरामा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेनले उनको विकल्पको रुपमा रियल म्याड्रिडका स्टार भिनिसियस जूनियरलाई साइन गर्ने योजना बनाएको जानकारी छ।
PSG to ‘rival Man Utd for Vinicius Jr transfer to replace Mbappe and will offer star £275k-a-week to quit Real Madrid’ https://t.co/cdlNbfxraj
— The Sun – Man Utd (@SunManUtd) November 27, 2021
हाल भिनिसियस जूनियरको निकै राम्रो फम रहेको छ भने उनको खेलको धेरै प्रशंसा पनि हुँदै गरेको छ जसको कारण उनलाई साइन गर्न युरोपका अन्य क्लबहरूले पनि चासो देखाएका छन् र ती क्लब मध्ये फ्रेन्च क्लब पिएसजी पनि रहेको छ।
फ्रान्सेली क्लब ब्राजिलका सुपरस्टारलाई साइन गर्न £१४.४ मिलियन प्रति वर्षको तलब प्रस्ताव गर्न इच्छुक रहेको जानकारी छ- जुन प्रति हप्ता £२७५,०००को तलब हुने छ।
10 goals already this season for Vinícius Jr.
Serious form 💥 pic.twitter.com/nRlO9IqXlJ
— B/R Football (@brfootball) November 21, 2021
क्लबका फ्रेन्च स्टार एम्बाप्पेले हाल सम्म सम्झौता विस्तार नगर्दा अर्को सिजन एम्बाप्पे फ्री एजेन्टको रुपमा क्लब छोड्ने क्रममा रहेका छन्। उनलाई क्लबमा राख्न पूर्ण प्रयास गर्दै गरे पनि हाल पिएसजीले उनको विकल्पको पनि खोजी गर्दै गरेको जानकारी छ र भिनिसियस जूनियर पिएसजीको नजरमा रहेको छ।
रियल पनि भिनिसियस जूनियरलाई क्लबमा राख्न इच्छुक रहेको छ र भिनिसियस जूनियरलाई क्लब छोड्नबाट रोक्न रियलले नयाँ तलबको साथ सम्झौताको प्रस्ताव गर्ने रिपोर्ट छ।
El PSG acecha a Vinicius Junior https://t.co/aMKXPHOElx
— Fichajes.com (@Fichajes_futbol) November 23, 2021
भिनिसियस जूनियरलाई साइन गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि इच्छुक रहेको जानकारी छ।