एजेन्सी । मोनाकोविरुद्ध दुई गोल गर्दै किलियन एम्बाप्पेले लिग वान इतिहासमा नयाँ कीर्तिमान रच्न सफल भएको छ । उनले एउटै क्लबका लागि १०० गोल गर्ने कान्छो खेलाडि बन्न सफल भएको हो ।
उनले पुर्व क्लब मोनाकोविरुद्ध दुई गोल गर्दै पिएसजीका लागि १०० गोल पुरा गरे ।
उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । प्राप्त पेनाल्टीलाई उनले गोलमा परिणत गरेका हुन ।
त्यस्तै, विपक्षी डिफेन्सको गल्तिको फाइदा उठाउदै मेस्सिको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीका लागि १०० गोल गर्दै इतिहास रचे ।
यो कीर्तिमान रच्दा उनको उमेर २२ बर्ष ३५७ दिन रहेको छ ।
यस्तै, जारी सिजनको लिगमा एम्बाप्पेले ९ गोल र १४ असिस्ट प्रदाब गरेको छ ।
मोनाकोमाथि जित दर्ता गर्दै पिएसजी लिग वानको शिर्ष स्थानमा आफ्नो पकड मजबुद बनाएको छ ।
उसले १८ खेलमा ४५ अंक जोडेको छ भने दोश्रो स्थानमा रहेको मार्सेलीको १७ खेलमा ३२ अंक छ ।