एम्बाप्पेको कारण पिएसजी छोड्न परेको नेमारको सङ्केत

पिएसजीका ब्राजिलियन स्टार नेमारले क्लब छोडेका छन् र उनी साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् भने उनले पिएसजी छोड्नुमा क्लबका फ्रेन्च सुपरस्टार एम्बाप्पेको मुख्य भूमिका रहेको चर्चा हुँदै गर्दा सामाजिक सञ्जालमा नेमारको गतिविधिले पनि सोही तर्फ इशारा गर्दै गरेको छ।

इन्स्टाग्राममा एक फ्यान अकाउन्टले गत समरमा एम्बाप्पेले नेमार सँग खेल्न नचाहेको स्पष्ट गरेको र नेमारले क्लब छोड्ने भए पछि एम्बाप्पे फेरी प्रशिक्षण खुसीले फर्केको वारे पोस्ट गरेको थियो भने उक्त पोस्टलाई नेमारले लाइक गरे पछि हाल नेमारले पनि एम्बाप्पेको कारण आफूले पिएसजी छोड्न परेको सङ्केत गरेका छन्।

नेमारले एम्बाप्पेको वारे उक्त पोस्ट लाइक गरे पछि हाल सो विषयको निकै चर्चा हुँदै गरेको छ भने नेमारले क्लब छोडे पछि एम्बाप्पेले फेरी पिएसजी सँग सम्झौता विस्तार गर्न सक्ने पनि रिपोर्ट रहेको छ।

२०१७मा ट्रान्सफर रेकर्ड तोड्दै नेमार ला लिगा क्लब बार्सिलोनाबाट पिएसजी आएका थिए भने हाल पिएसजी उनलाई साउदी क्लबमा बेचेको छ।

पिएसजीको लागि उनले हाल सम्म १७३ खेलेका छन् र सो क्रममा उनले ११८ गोल र ७७ असिस्ट गर्दै ५ फ्रेन्च लिग र ३ फ्रेन्च कप सहित धेरै घरेलु उपाधिहरू जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ