मेस्सीले आफ्नो नयाँ क्लब पिएसजीमा आफू, नेमार र एम्बाप्पेको साझेदारी बारे बोलेका छन् र बार्सामा आफू, सुआरेज र नेमार बिच रहेको एमएसएन साझेदारी र हालको ‘एमएनएम’मा के भिन्नता रहेको बारे कुरा गरेका छन्।
🎙Lionel Messi 🇦🇷: “The difference between MNM and MSN? Age first. We were young when we started playing together with Ney. Today, the youngster is Kylian. Then, Suarez and Kylian are very different players, but they are two spectacular players.” [@francefootball] #PSG pic.twitter.com/D5DHIDSnW9
— RouteOneFootball (@Route1futbol) October 9, 2021
हाल पिएसजीमा ३ सुपरस्टार मेस्सी, नेमार र एम्बाप्पे बीचको साझेदारी एमएनएमको नामबाट परिचित भएको छ र बार्सामा पनि मेस्सी सुआरेज र नेमार बिच उत्कृष्ट साझेदारी थियो जुन ‘एमएसएन’को नामबाट परिचित भएको थियो। एमएसएन’को साझेदारी बार्साको सबैभन्दा उत्कृष्ट रहेको धेरै विश्वास छ भने उक्त ३ स्टारको साझेदारीमा बार्साले धेरै उपाधिहरू पनि जितेको थियो।
हाल मेस्सी पिएसजीमा सामेल भए पछि नेमार र एम्बाप्पे सँग उनको नयाँ एमएनएम साझेदारी रहेको छ र सो बारे मेस्सीले एक अन्तर्वार्तामा बोलेका छन्।
एमएसएन’ र ‘एमएनएम’ मा के भिन्नता रहेको बारे प्रश्न हुँदा मेस्सीले यस्तो भने: “उमेर, सबैभन्दा पहिले! हामी जवान थियौँ जब हामी नेमार सँग खेल्न थाल्यौँ।
Lionel Messi explains the differences between the MSN and the MNM 🤩
“Age, first of all!” 😅 pic.twitter.com/ohdV1T5re3
— Goal (@goal) October 8, 2021
“अब, जवान खेलाडीको रुपमा एम्बाप्पे रहेका। र त्यसपछि किलियन र लुइस दुई धेरै फरक खेलाडीहरू हुन्। लुइस एक शुद्ध नम्बर ९ खेलाडी हुन्, एक एक्लो स्ट्राइकर, जो डि-बक्समा विशेष गरी राम्रो छन् र उनी धेरै गोल गर्ने गर्थे।
“किलियन अधिक बल होल्ड गर्न मन पराउँछन्, उहाँ एक धेरै बलियो र धेरै छिटो खेलाडी हुन्, जसले तपाईँलाई सजाय दिने छ यदि तपाईँले डिफेन्समा कुनै खाली ठाउँ छोड्नु भयो भने र उनले धेरै स्कोर पनि गर्छन्।
“उनीहरू दुवै शानदार खेलाडी हुन्, तर धेरै फरक गुणहरूको साथ।”