एजेन्सी । इंग्लिस फुटबलमा ईतिहास बोकेको कप प्रतियोगिता एफए कपको तेस्रो चरणको ड्र सम्पन्न भएको छ । सोमबार राती भएको ड्रमा साविक विजेता लिभरपुलले उल्भ्ससंग आफ्नो पहिलो खेल खेल्दै उपाधी रक्षाका लागि जुट्ने छ ।
प्रिमियर लिगको विजेता सिटिले चिर-प्रतिद्वन्द्वी चेल्सीसंग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ ।
त्यस्तै, म्यान्चेस्टर युनाईटेडले एभर्टनसंग खेल्ने तालिका रहेको छ ।
नेसनल लिगका क्लब ढगेघम एन्ड रेडब्रीज वा ग्लिङ्हमको विजेताले २०२१ को विजेता लेष्टर सिटिसंग खेल्ने भएको छ ।
एफएका अनुसार तेस्रो चरणका खेल जनवरी ६ देखि ९ को बिचमा हुने जनाएको छ ।
यस्तै, प्रिमियर लिगका अन्य क्लब ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई घरेलु मैदानमा स्वागत गर्नेछ । क्रिस्टल पालेसले साउथह्याप्टनको सामना गर्नेछ ।
यस प्रतियोगिताको सर्वाधिक विजेता आर्सनलले लिग वान क्लब अक्सफोर्ड युनाईटेडको भ्रमण गर्नेछ ।
तेस्रो चरणका विजेता क्लबले करिब एक लाख पाउण्ड पाउने छ ।