एन्सिलोटीले रियल मड्रिड छाड्ने संकेत

एजेन्सी । रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले यसै सिजनको अन्तिममा क्लब छाड्ने संकेत दिएका छन् । रियलमा दोस्रो कार्यकाल सफलता हात पारे पछि सिजनको अन्त्यसंगै टिम छाड्न सक्नेछ ।

गत सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिग दिलाएको एन्सिलोटी जारी सिजन लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, एन्सिलोटीको नाम ब्राजिलसंग जोडिएको छ । टिटेले टिम छाडे पछि ब्राजिल नयाँ प्रशिक्षकको खोजिमा छ ।

तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अनुसार एन्सिलोटिले एक सर्तमा ब्राजिलको प्रशिक्षक पद स्विकार्ने बताए । उनले बाकी सिजन रियलमै रहनु पर्ने सर्त राखेका छन् ।