एजेन्सी । रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सिलोटिले ब्राजिलको प्रस्ताव टुक्राउने भएको छ । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजिनामा दिए पछि ब्राजिल प्रशिक्षक विहिन भएको छ ।
ब्राजिल फुटबल संघले एन्सिलोटिसंगै सिटिका पेप गुआर्डिओलालाई पनि प्रस्ताव राख्ने बुझिएको छ ।
तर, मार्काका अनुसार दुई पक्षबिच कुनै औपचारिक वार्ता हुन भने सकेको छैन ।
त्यसो त, एन्सिलोटिको सम्झौता रियलसंग २०२४ सम्मका लागि छ ।
यसअघि, रियल नै आफ्नो करिअरको अन्तिम टिम हुने एन्सिलोटिले बताइसकेका छन् । उनले रियल छाडे आफू फुटबलबाट सन्यास लिने बताएका थिए ।
उनले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगा जिताएका थिए ।