एनकुनकुले विश्व कप गुमाउने, मुआनीलाई विश्व कप खेल्ने अवसर

एजेन्सी । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प्सले मुआनीलाई राष्ट्रिय टोलिमा समावेश गरेका छन् । फ्रान्सका विंगर क्रिस्टोफर एनकुनकुले चोट बोके पछि उनको स्थानमा मुआनीलाई डाकेका हुन् ।

डिडियर डेस्च्याप्म्सले एनकुनकुको स्थानमा आईट्राच्स फ्रानकर्टको स्ट्राइकरलाई समेटिएका हुन् ।

फिफा मेडिकल कमिटीले एनकुनकुको नाम फिर्ता लिएसंगै फ्रान्सले एक जना खेलाडिलाई टिममा समेट्ने अवसर मिलेको थियो ।

फ्रानफर्टको स्ट्राइकर मुआनी हाल क्लबसंग जापानमा रहेका छन् । उनले बिहिबार बिहानमा फ्रान्सको बन्द प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।