युइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको समुह चरणको अन्तिम खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पोर्टोबिरुद्ध हार्दै लिगबाट बाहिरिएको छ ।
पोर्टोको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको २-१ ले पराजित भएपछि समुहको अन्तिम स्थानमा रहदै बाहिरिएको हो । पराजित भएसंगै एट्लेटिको च्याम्पियन्स लिगबाट मात्र होइन युरोपा लिगमा पनि पर्न असफल भएको छ ।
गत हप्ता नै च्याम्पियन्स लिगबाट बाहिरिने पक्का भएको एट्लेटिकोका लागि समुहका अरु क्लबहरुको नतिजाले पनि साथ दिएन ।
दोस्रो स्थानमा रहेको क्लब ब्र्युग्गले बायर लेभर्कुसेनलाई हराएको खण्डमा एट्लेटिको युरोपा लिगमा छनोट हुने थियो ।
यद्यपि, बायर लेभर्कुसेन र क्लब ब्र्युग्गबिचको बराबरी भएसंगै एट्लेटिकोले कम्तीमा बराबरी खेलेको भए पनि युरोपा लिगमा छनोट हुने थियो । बायर लेभर्कुसेन भने तेस्रो स्थान हासिल गर्दै युरोपा लिग प्लेअफमा छनोट भएको छ ।