लिभरपूलका डिफेन्डर भर्जिल भ्यान डाइकले मंगलबार राति एटलेटिको म्याड्रिड संगको हार पछि आत्तिनुपर्ने कुनै कारण नरहेको भन्ने कुरामा जोड दिए।
लालिगा क्लबले मंगलबार रात एष्ट्डिओ मेट्रोपोलिटनोमा च्याम्पियन्स लिग राउन्ड अफ १६को पहिलो लेगमा शाउल निगुएजको चौथो मिनेटको गोलको मदतले लिभरपूललाई १-० ले पराजित गरेको थियो।
“We still have another 90 minutes to set it straight.” 👊
Virgil van Dijk insists they should remain confident after falling behind at the halfway stage of our UEFA Champions League tie with Atletico#football #soccer #ATMLIV #ATLLIV pic.twitter.com/Nc25xAblM4
— WhaleBets (@WhaleBets_com) February 19, 2020
“हामीलाई थाहा थियो कि आजको रात यो उचित लडाई हुने छ, विशेष गरी उनीहरूको घरेलु मैदानमा उनीहरूको साथमा प्रशंसकहरू थियो।”- पोष्ट म्याच अन्तर्वार्तामा भ्यान डाइकले भने।
“खेलको पहिलो मौकामै एटलेटिकोले गोल गरे जुन हाम्रो लागि राम्रो भएन- एटलेटिकोको राम्रो भाग्य थियो।
Virgil van Dijk: “We knew it was going to be proper battle. You have to adapt – we knew it and we handled it pretty well. It’s part of their game.”
— LFC KNOWLEDGE (@LFCknowledge) February 18, 2020
“हामीसँग खेलको प्राय: समय बल थियो, तर दुर्भाग्यवस, हामी ठूलो अवसरहरू सिर्जना गर्न असफल भयौं। तर हामीसंग अझै ९० मिनेट बाँकी छ जस्लाई हामीले फाइदा लिनु पर्छ र हामीले अझै पनि पूर्ण विश्वास राख्नु पर्छ र आत्तिनुपर्ने कुनै कारण छैन।”