रियल मड्रिडबाट यसै सिजनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका सर्जियो रामोसको सो क्लवमा डेब्यु गर्ने चाहना अझै पुरा हुन सकेको छैन । लिग सुरु हुँदा चोट बोकेका रामोस अझै पनि पूर्ण टिमसँग प्रशिक्षणमा फर्किन सकेका छैनन् ।
If you think life is hard, think about Sergio Ramos who earns £250,000 per week at PSG which means he has earn £4 million since July without playing a minute fee more than Chelsea paid for Reece James + Christensen + Chalobah +Thiago Silva all together! pic.twitter.com/ICtj2kquDp
— Ayomide ⭐⭐💙 (@AyoSobanke) November 3, 2021
३५ वर्षका रामोसको पिडौंलाको चोट लागेपछि लिगमा अहिलेसम्म खेलेका १२ खेल गुमाएका छन् । अझै पनि उनी टिमसँग पूर्ण रुपमा प्रशिक्षणमा फर्किनका लागि स्वीकृति कुरिरहेका छन् र पिएसजीको लागि उनको चोट महँगो साबित हुँदै गएको छ।
रामोसलाई पिएसजीले फ्री एजेन्टको रुपमा साइन गरेको थियो तर चोट कारण हाल सम्म उनले पिएसजीमा खेलेका छैनन् तर हाल सम्म रामोसले पिएसजीबाट तलबमा £४ कमाएको खबर छ।
पिएसजी र रामोस बिच २०२३ सम्मको सम्झौता रहेको थियो तर चोटको कारण उनी हाल अझै पनि मैदान बाहिर छन् भने उनको चोट कहिले ठिक हुने कुरा स्पष्ट भएको छैन।
Sergio Ramos has already earned £4 million without kicking a ball for PSG pic.twitter.com/5ICilooShd
— Gabriel Obu (@GabrielObu2) November 2, 2021
गत मेमा च्याम्पियन्स लिगमा चेल्सीसँग रियल २–० ले पराजित भएदेखि ३५ वर्षीय स्टार खेलाडीले खेलेका छैनन् ।
रामोसले सन् २०२३ सम्मको सम्झौतामा रियलबाट पिएसजी आएका थिए भने उनको सम्झौतामा अनुसार पिएसजीमा उनले २० मिलियन पाउन्ड कमाउने रिपोर्ट छ तर हाल सम्म चोटको कारण खेल खेल्न नपाएका रामोसले ४ मिलियन कमाइसकेका छन्