उरुग्वे विरुद्धको पहिलो गोल रोनाल्डोको नरहेको एडिडासले यसरी गर्‍यो पुष्टि

फिफा विश्व कप २०२२मा ग्रुप एच अन्तर्गत भएको खेलमा पोर्चुगलले उरुग्वे माथि २-०को जित हासिल गरेको थियो तर उक्त खेलको पहिलो गोल कसले गरेको भन्ने विषयमा धेरै विवाद हुँदै गर्दा यो वर्षको आधिकारिक बल निर्माता एडिडासले आफ्नो डाटा देखाएको छ जसले उक्त गोल रोनाल्डोले नगरेको पुष्टि गर्दछ।

लुसेल स्टेडियममा भएको उक्त खेलको ५४औँ मिनेटमा पोर्चुगलले पहिलो गोल गर्दै अग्रता लिएको थियो। ब्रुनो फर्नान्डिसको क्रसमा रोनाल्डोले हेड गर्दै गोल गरेका थिए तर फिफाले उक्त गोल ब्रुनो फर्नान्डिसको नाममा राखे भने भिडियोमा रोनाल्डोले गरेको हेड देख्न केही गाह्रो नै रहेको थियो।

रोनाल्डोले उक्त गोल आफूले गरेको दाबी गरे पनि फिफाले उक्त गोल ब्रुनो फर्नान्डिसलाई दिए भने हाल प्रसिद्ध खेल कम्पनी एडिडासले उक्त गोल रोनाल्डोको नभएको पुष्टि गरेका छन्।

यो वर्षको विश्व कपको आधिकारिक बल अल रिहलाको डिजाइनर र निर्माता एडिडास रहेको छ भने उक्त बलमा रहेको सेन्सरले प्रदान गरेको डाटाको प्रयोग गर्दै एडिडासले सो खेलमा क्षणमा फर्नान्डिसको क्रसमा रोनाल्डोले उक्त बल सँग सम्पर्क नगरेको पुष्टि गरेका छन्।

उरुग्वे विरुद्धको पहिलो गोल रोनाल्डोको नरहेको एडिडासले पुष्टि गरेको छ भने फिफाले उक्त गोल ब्रुनोकै नाममा राखेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ