जर्मन सुपर कप अन्तर्गत लाइप्लिजले बायर्न म्युनिखलाई हराउदै उपाधी जितेको छ ।
बायर्नलाई ३-० ले हराउदै लाइप्जिकले सुपर कप जितेको हो ।
खेलको दोस्रो मिनेटमा ओल्मोले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाए । उनले बेन्जामिन हेनरिचको पासमा गोल गर्द सफल भए । ४४ औं मिनेटमा ओल्मोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लाइप्जिग पहिलो हाफमा २–० ले अघि बढ्यो ।
६८ औं मिनेटमा ओल्मोले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै बायर्नलाई लज्जास्पद हार चखाए । पेनाल्टी बक्समा नोउसेइर माज्राओइले हातले बल छुन पुगेपछि रेफ्रीले लाइप्जिगलाई पेनाल्टी प्रदान गर्दा ओल्मो चुकेनन् ।
बायर्नले ६३ औं मिनेटमा भर्खरै क्लबमा अनुबन्ध भएका इंग्लिस फरवार्ड ह्यारी केनलाई खेलाएपनि खेललाई बदल्न सकेन । लाइप्जिगसँगको हारसँगै फरवार्ड केन पहिलो ट्रफी जितन्बाट वञ्चित बन्यो ।
जर्मन सुपर कपमा लाइप्जिग पहिलोपल्ट च्याम्पियन बनेको हो । लाइप्जिग गत संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।