उत्कृष्ट पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

म्यान्चेस्टर युनाइटेडले एफए कपमा वेस्टह्याम युनाइटेडलाई हराउदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले पछि परेको अवस्थालाई उल्टाउदै ३-१ को सहज जित निकाल्न सफल भयो ।

खेलको ५४ औं मिनेटमा बेन्ह्रामाले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाए ।

७७ औं मिनेटमा अगुरेडले आत्माघाती गोल गर्दै म्यान्चेस्टर युनाइटेडले बराबरी गरे ।

९० औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका गार्नाचोले गोल गर्दै २-१ को अग्रता बनाउन मद्दत गरे ।

९०+५ औं मिनेटमा फ्रेडले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ३-१ को जित दिलाउन सफल भए ।

युनाइटेडले क्वाटरफाइनलमा फुल्ह्यामको सामना गर्नेछ ।