ईङल्याण्ड क्रिकेट टिमले प्रशिक्षण सुरु गर्ने

ईङल्याण्डको राष्ट्रिय क्रिकेट टिमले आगामी सातादेखि आउटडोर प्रशिक्षण शुरु गर्ने भएको छ ।

ईङ्गल्याण्ड एण्ड वेल्स् क्रिकेट बोर्डले क्रिकेटको प्रशिक्षणको थालनी गर्ने उद्देश्यले आगामी सातादेखि आउटडोर प्रशिक्षण शुरु गर्ने तयारी गरेको हो ।

यद्यपि प्रशिक्षणको समयमा टिमले सरकारको कडा नियमको पालना गर्नुपर्ने बताईएको छ । प्रत्येक खेलाडीले आ आफ्नै बल राख्नुपर्ने र थुकको प्रयोग गर्न नपाउने बोर्डले स्पष्ट पारेको छ ।

त्यस्तै प्रशिक्षण स्थलमा दुई खेलाडीबीचको दूरी दुई मिटर कायम गर्नुपर्ने र फिजियोले पीपीई किट लगाउनुपर्ने बोर्डले बताएको छ ।

यसैगरी खेलाडीहरुले प्रशिक्षकसम्म बल पु¥याउन पाउने छैनन् । यदि सबै स्थिति सामान्य भएमा ईङ्गल्याण्डले जुलाईमा वेष्टईण्डिज र पाकिस्तानसँग खेल्ने तय भएको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ