इस्पान्योलसंग बराबरीमा रोकिए पछि खेलाडिलाई जाभीको कारवाही

एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीले आफ्नो टोलिलाई कारवाही गरेका छन् । उनको टिमले इस्पान्योलसंग बराबरी खेले पछि जाभीले टोलिलाई कारवाही गरिएको हो ।

जाभीले कारवाही स्वरुप टिमलाई नयाँ वर्षको दिन बिदा नदिने निर्णय लिइएको छ । बिदा नहुने भए पछि बार्सिलोनाको प्रशिक्षण जारी रहनेछ ।

बार्सिलोनाले खेलको सुरुवाती समयमा इस्पान्योलविरुद्ध एक गोललो अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा इस्पान्योलले पेनाल्टी मार्फत बराबरी गोल फर्काए पछि बार्सिलोना बराबरी खेल्न बाध्य भएको थियो ।

बराबरी पछि बार्सिलोना तालिकामा स्पष्ट अग्रता लिनबाट चुकेको छ । तालिकामा रियल र बार्सिलोनाको समान अंक छ ।

यदि, बार्सिलोनाले शनिबारको खेल जितेको अवस्थामा टोलिलाई आज बिदा दिने जनाएको थियो ।

तर, नयाँ वर्षको दिन क्लबका खेलाडिहरुलाई कुनै बिदा नहुने भएको छ ।

यसै बुधबार बार्सिलोनाले कोपा डेल रे अन्तरगत सिएफ एन्टर्सिटीसंग खेल्ने तालिका रहेको छ ।