इरानद्वारा वेल्स चकित

२०२२ विश्वकपको ग्रुप बि अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा इरानले वेल्सलाई २-०ले पराजित गरेको छ।

अहमद बिन अली स्टेडियममा भएको खेलमा १६औँ मिनेटमै इरानले गोल गरेको थियो तर भीएआरको मद्दतमा रेफ्रीले उक्त गोल अफ-साइड भएको भन्दै रद्द गरे। सो खेलको पहिलो हाफमा भने कुनै गोल भएको थिएन तर दोस्रो हाफको अन्तिम समयमा इरानले दुई गोल गरेको थियो।

दोस्रो हाफको ८५औँ मिनेटमा वेल्सका गोलकिपर वेन हेनेसीलले रातो कार्ड पाएका थिए। डिबक्स बाहिर इरानका खेलाडी माथि फ़ाउल गरे पछि उनले रातो कार्ड पाएका थिए भने १० खेलाडीमा सीमित वेल्सलाई इरानले दबाब दिन सुरु गरेको थियो।

दोस्रो हाफको इन्जुरी समयमा रुजबेह चेश्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए भने उक्त गोलको ३ मिनेट पछि नै इरानले फेरी गोल गरेको थियो। इरानको दोस्रो गोल भने रामिन रेजाइयानले गरेका थिए भने वेल्स सो खेलमा गोल विहीन हुन पुग्यो र हाल सम्म वेल्स यो विश्वकपमा जित विहीन पनि रहेको छ।

उक्त जित पछि इरान ग्रुपमा बिको दोस्रो स्थानमा पुगेको छ। पहिलो स्थानमा भने इङ्गल्यान्ड रहेको छ अब इरानले ग्रुप बिको अन्तिम खेलमा अमेरिका विरुद्ध खेल्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ