इन्टर मायामी फाइनलमा, फेरि पनि मेस्सीको गोल

इन्टर मायामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनल खेलमा मायामीले फिलफोडियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

मायामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे ।

यस जितसँगै मेस्सीले मायामीका लागि लगातार ६ खेलमा गोल गरेका छन् ।

यो सँगै मायामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको छ ।