इन्टर मायामीमा पहिलो खेल खेल्न अगाडीनै मेस्सीको यस्तो प्रभाव

फुटबल सुपरस्टार लिओ मेस्सीले आफ्नो नयाँ गन्तव्य अमेरिकी मेजर लीग सकर क्लब इन्टर मायामी हुने पुष्टि गरे सँगै इन्टर मायामीमा मेस्सीको ठुलो प्रभाव पर्न सुरु गरेको छ।

फुटबल सुपरस्टार मेस्सी र फ्रेन्च क्लब पिएसजी बिचको सम्झौता यो महिना अन्त्य भएको थियो र दुई बिच सम्झौता विस्तार नभए पछि फ्री एजेन्ट बनेका मेस्सी इन्टर मायामीमा अनुबन्धित भएका छन् र क्लबमा पहिलो खेल नखेले पनि उनको प्रभाव क्लबमा पर्न सुरु भएको छ।

मायामीले मेस्सीलाई भित्राएको कुरा सार्वजनिक गरे सँगै मायामीले आफ्नो सामाजिक संजाल अकाउन्टहरूमा निकै प्रभावशाली वृद्धि देखेको छ। उदाहरणका लागि इन्स्टाग्राममा मात्र मायामीले दुइ दिन भित्र लगभग ५ मिलियन नया फोलोवार्स प्राप्त गरेको छ।

मेस्सीको आगमन अगाडी इन्स्ताग्राममा इन्टर मायामीको केवल १ मिलियन फोलोवार्स रहेको थियो तर मायामीले मेस्सीलाई सार्वजनिक गरे पछि हाल इन्स्ताग्राममा इन्टर मायामीको अकाउन्टमा ४.५ मिलियन भन्दा धेरै फोलोवार्स रहेको छ।

मेस्सी प्रस्थानले कुनै पनि क्लबलाई मैदान भित्र र बाहिर ठुलो फाइदा हुने कुरा निश्चित रहेको छ र सो कुरा इन्टर मायामीमा पनि हामीले देख्दै छौ भने आउँदो दिनमा मायामीले मेस्सीको मद्दतमा थप आर्थिक वृद्धि र ब्रान्डिङ एक्सपोजर देख्ने अनुमान गरिएको छ।

फेन्च क्लब पिएसजी सँग मेस्सीको सम्झौता अन्त्य भए पछि मेस्सीले क्लब छोड्ने निर्णय लिएका हुन् भने उनी फ्री एजेन्ट बनेका थिए।

पिएसजीको लागि मेस्सीले ७५ खेल खेल्दै ३२ गोल र ३५ असिस्ट गरे र सो क्रममा उनले २ फ्रेन्च लिग उपाधि र १ फ्रेन्च सुपर कप जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ