इन्टर मायामीको जितमा फेरि पनि मेस्सी नायक

इन्टर मायामीले ओरलान्डो सिटीलाई पराजित गरेको छ ।

लियोनेल मेस्सीले दुई गोल र जोसेफ मार्टिनेजको गोलमा मायामी ३-१ गोल अन्तरले जित्न सफल भएको हो।

खेलको सातौ मिनेटमा मेस्सीले गोल गर्दै इन्टरलाई अग्रता दिलाएको थियो ।

१७ औं मिनेटमा अरौजोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

मार्टिनेजले ५१ औं मिनेटमा गोल गर्दै मायमीलाई २-१ को अग्रता दिलाए ।

७२ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मायामीलाई ३-१ को जित दिलाएको हो ।

जितसंगै मायामी समूह विजेता बन्दै लिग कपको नकआउट चरणमा प्रवेश गरेको छ।

मेस्सीले मायामीका लागी ३ खेलमा ५ गोल गर्न सफल भएका छन् ।