एजेन्सी । इटालियन क्लब इन्टर मिलानले डेनिस मिडफिल्डर क्रिष्टियन एरिक्सनको सम्झौता रद्द गर्ने तयारी थालेको छ ।
गत जुन युरो २०२० दौरान फिनल्यान्डविरुद्ध हृदयघाट भए पछि एरिक्सन फुटबल गतिविधिबाट टाढा रहेका थिए ।
उनि डेन्मार्कको क्लबमा एक्लै प्रशिक्षण गर्न थालेको बताइएको छ ।
यद्यपि, उनले पुर्ण रुपमा फुटबल खेल्न सक्ने वा नस्कने पुष्टि भने भएको छैन ।
उनलाई हृदयघाट भएसंगै उनको मुटुमा आईसीडि जडान गरिएको छ ।
सेरि ए मा आईसीडि जडान गरेको अवस्थामा खेलाडिलाई लिगमा खेल्ने अनुमति छैन ।
इन्टरले एरिक्सनको स्वास्थ्यलाई मध्यनजर गर्दै उनको सम्झौता रद्द गर्ने तयारी थालिएको हो ।
एरिक्सन २०२० जानवरीमा टोटेन्हमबाट इन्टर मिलान आएका थिए ।