जर्मन क्लब बोरुसिया डर्ट्मुन्डका स्टार नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले हाल इङलिस लिग आफ्नो चाहना नरहेको बताएका छन् ।
हालान्डले यस सिजन पछि बोरुसिया डर्ट्मुन्डलाई बिदा गर्दै अर्को क्लबको खोजीमा हुने पक्का छ र सबै इङलिस क्लबहरुलाई यो दु:खद समाचार भने अवस्य हुनेछ ।
हालान्डको अर्को गन्तव्य स्पेनिस लिग ला लिगा हुने चर्चित पत्रकार डि मार्जियोले जनाएका छन् ।
यसको मत्लब रियल म्याड्रिड अथवा बार्सिलोना मध्ये एक उनको नयाँ गन्तव्य हुन सक्ने बुझिएको छ ।
🚨[ @DiMarzio🥇] | Erling Haland prefers Laliga to the Premier League, 'too much'. The Premier League is not in his dreams, and he thinks is not the perfect league for him at the moment. (Via: @utdreport) #fcblive 👀 pic.twitter.com/m7HlvydxJR
— BarçaTimes (@BarcaTimes) December 27, 2021
आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाले भने उनलाई किन्न सक्ने नसक्ने वारे कुरा अझै निश्चित छैन ।
त्यस्तै, रियलले काइलियन एमबाप्पे अथवा हालान्ड मध्ये एकलाई भित्र्याउन सक्ने प्रवल सम्भावना रहेको छ ।
हालान्ड भित्र्याउने दौडमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, चेल्सी र लिभरपुल पनि रहेको थियो ।